२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खुकुरी प्रहारबाट धादिङमा एकजना घाइते, चार पक्राउ


0
Shares

घाइते हुनेमा उत्तरी धादिङको खनियाबास गाउँपालिका–१, झालाङ का २५ वर्षीय राजु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

टाउको, गर्धन र हातमा चोट लागेका तामाङको जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

आइतबार सामान्य विवादमा भएको झगडामा सोमबार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

खुकुरी हान्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाका सन्तोष लामा तामाङ, मार्फूस घले, प्रनिष घले र ओम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।