
काठमाडौं, फागुन २३ । राष्ट्रिय महिला आयोगले आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ ।
काठमाडौंमा आज एक कार्यक्रम गरी आयोगले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रममा महिला अधिकारकर्मीहरुले महिला र पुरुषबीचको विभेद र असमानताको खाडल अझै विद्यमान रहेको भन्दै आयोगलाई सक्रियतापूर्वक काम गर्न सुझाव दिए ।
महिला अधिकारकर्मीहरुले संविधानले दिएका अधिकार प्रयोग गर्न राज्यले महिलाको पहुँच र सहभागितामा राज्यले नै पहल गर्नुपर्ने बताए ।
उनीहरुले महिला हिंसा विरुद्धका नीति नियम तथा सरकारी प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
अधिकारकर्मीहरुले संवैधानिक आयोगको रुपमा गठित राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन भएकाले यसलाई पूर्णता दिनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्