इलामका दुई संचारकर्मीमाथी कुटपिट • Image Khabar Image Khabar


इलामका दुई संचारकर्मीमाथी कुटपिट


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार ०९:३८

इलामका दुई संचारकर्मीमाथी कुटपिट

इलाम, फागुन २४ । बुधबार राती इलाम नगरपालिका–९ गोलबस्तीमा दुई जना संचारकर्मीमाथी कुटपिट भएको छ ।

राती १० बजेको समयमा एफएम बन्द गरेर कोठातर्फ जाँदै गरेका चियाबारी एफएमका वजार ब्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई स्थानीय रविन मगर सहितको समूहले आक्रमण गरेका हुन ।

कुटपिटमा परेका पाठकको अबस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उनको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रकाशको अवस्था भने सामान्य रहेको वताइएको छ ।

उनीहरुको हाल इलाम अस्पतालमा उपचार भइरहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र कटुपिटमा संलग्न मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

गम्भीर घाइते पाठकलाई थप उपचारको लागी विएन्डी अस्पताल विर्तामोड पठाउने तयारी भएको बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्