
विस्फोटबाट कार्यालय भवनको फलामे ढोकाको दुईवटा सरियामा क्षति भएको र एक फुटजति ढलान फुटेको छ । ठूलो आवाजमा बम पड्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।
गएराति करिब ८ बजे ठूलो आवाजमा बम विस्फोट भएपछि करबि १० मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । विस्फोटस्थल नजिकै टिनका पाताहरु भेटिएको प्रहरी सहायक निरीक्षक जनक बुढाले बताए ।
विस्फोटबाट मानवीय क्षति नभए पनि विस्फोटपछि स्थानीयहरु त्रसित बनेका छन् । घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्