२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुदूरपश्चिम विश्वविद्यालय थला पर्दै, निरन्तरको आन्दोलनले अस्तव्यस्त


0
Shares

डिल्लीराज पन्त/ईमेज:
कञ्चनपुर, फागुन २६ । कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाकालदेखिनै विभिन्न अवरोध झेल्दै आएको छ ।

कहिले विद्यार्थीको त कहिले प्राध्यापक–कर्मचारीको आन्दोलन भइरहन्छ ।

समय समयमा विभिन्न माग राख्दै विद्यार्थी, कर्मचारी तथा प्राध्यापकले तालाबन्दी, बन्द हड्ताल, सडक आन्दोलन गर्दै आएका कारण सुदूरपश्चिम विश्वविद्यालय थला पर्ने अवस्थामा पुगेको छ ।

२०६७ सालमा सुदुरपश्चिम विश्वविद्यालयको स्थापनाका लागी ठुलै आन्दोलन भयो ।

विश्वविद्यालय कञ्चनपुर जिल्लामा स्थापना गर्नका लागी यहाँका राजनीतिक दल, बुद्धिजिवि, विद्यार्थी लगायत सवै तह आन्दोलमा होमिए ।

सवैको सहयोगमा विश्वविद्यालय स्थापना त भयो तर पछिल्लो समय विश्वविद्यालयमा राजनीतिक प्रभावका कारण विश्वविद्यालयको सवै क्षेत्र अस्तव्यस्त वन्दै गएको छ ।

विश्वविद्यालयमा सिद्धनाथ विज्ञान र सिद्धनाथ बहुमुखी क्याम्पस समायोजन गरेर सुदूरपश्चिम विश्वविद्यालय संचालन गर्ने उल्लेख गरिएको विषयलाई लिएर विद्यार्थी संगठनले विज्ञान क्याम्पस पनि सुदूर पश्चिम समायोजन हुनुपर्ने माग राख्दै आन्दोलन थाले ।

तर विज्ञान क्याम्पस अहिलेसम्म समायोजन भएको छैन । शुरुवातदेखि नै विवादै विवादकावीच संचालन भएको विश्वविद्यालयले बषौँ गुज्रर्दा समेत गति लिन सकेको छैन् ।

सिद्धनाथ बहुमुखी क्याम्पस हुँदा बार्षिक झण्डै ७ हजार विद्यार्थी भर्ना हुने क्याम्पसमा विश्वविद्यालय संचालन हुँदा अहिले साढे चार हजार मात्रै विद्यार्थी छन् ।

पदाधिकारी गैर जिम्मेवार बन्दै गएपछि विश्वविद्यालयमा समस्या थपिदै गएको विश्वविद्यालय सुधार समितिका सदस्य तथा प्राध्यापक दिपकचन्द्र भट्टले बताए ।

विश्वविद्यालयले विद्यार्थी संगठन संग सहमती गर्ने तर, सहमती गरेका माग पुरा नगर्दा बाध्य भएर पटक पटक आन्दोलनमा होमिनु परेको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बीरेन्द्र राज विष्ट बताउँछन् ।

पदाधिकारीले राजधानी बस्ने परिपाटि घटाउनुपर्ने र गैरजिम्मेवारी रुपमा पदाधिकारीहरु राजधानी केन्द्रित हुँदा विश्व विद्यालयको सुधारमा समस्या भएको सुदुर पश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्राध्यापक डा. मुकुन्द कलौनी बताउँछन् ।

बेला बेलामा तालाबन्दी, बन्द हड्ताल, सडक आन्दोलन गर्दै आएका कारण सुदुरपश्चिम विश्वविद्यालय अहिले थला पर्ने अवस्थामा पुगेको भन्दै स्थानीय समेत चिन्तित भएका छन् ।