
व्यक्तिगत लाभभन्दामाथि उठेर विभिन्न क्षेत्रमा विशेष योगदान गरेका व्यक्तित्वहरुलाई शनिबार पोखरामा उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि सन्चारकर्मी रवि लामिछनेसम्म छन् ।
कार्यक्रममा उपराष्ट्रपति पुनले अबको नेपाली युग आर्थिक समृद्धिको युग भएको बताए ।
उनले नयाँ संविधानको कार्यान्वयनले देश समृद्धिको यात्रामा अगाडि बढाएकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस्