
बंगलादेशको ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा दुर्घटना भएको हो ।
विमानमा ६७ यात्री र चारजना चालकदलका सदस्य सवार रहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये केहीलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको बताइएको छ ।
विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा दुर्घटना भएको हो । विमानमा उद्दारकार्य जारी रहेको छ । विमानमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
अहिले त्रिभुवन विमानस्थलका सबै उडान र अवतरण स्थगित गरिएको छ । दुर्घटनाबारे विस्तृत् विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्