२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बिप्लव समूहले गरेको कैलाली बन्दले जनजीवन प्रभावित


0
Shares

कैलाली, चैत ३ । नेत्रविक्रम चन्द(बिप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दले आज कैलालीको जनजीवन प्रभावित भएको छ ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहा गर्न माग गर्दै नेकपाले कैलाली जिल्ला बन्द आह्वान गरेको हो ।

बन्दका कारण सवारी साधन संचालन नहुँदा यात्रु समस्यामा परेका छन् । त्यसैगरी जिल्लाका उद्योग, कलकारखानासमेत ठप्प भएका छन् ।