नेपाल र नेदरल्यान्ड्स भिड्दै • Image Khabar Image Khabar


नेपाल र नेदरल्यान्ड्स भिड्दै


Imagekhabar
३ चैत्र २०७४, शनिबार १३:५८

नेपाल र नेदरल्यान्ड्स भिड्दै

खेलमा टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेपछि नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।

प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेसँगै इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय राष्ट्रको मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको हो ।

विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपाल प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्यमा छ ।

एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्स अहिलेसम्म चारपटक आमने–सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई/दुई खेल जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्