स्थानीय तहका वडा सदस्यहरू आन्दोलित (भिडियो) « Image Khabar


स्थानीय तहका वडा सदस्यहरू आन्दोलित (भिडियो)


Imagekhabar
५ चैत्र २०७४, सोमबार १२:३६

नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षले एकलौटीलाई ढंगले काम गरेको भन्दै वडा सदस्यहरुले विरोधका कार्यक्रम सुरु गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षहरुले आफूहरुलाई कुनै निर्णय प्रक्रियामा सहभागी नगराएको, महिनाभर आफूले काम गरेको भए पनि सेवा सुविधा नदिएको जस्ता माग गर्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

बुढीगंगा गाउँपालिकाकी महिला सदस्य मिना विश्वासले पूर्वाधार निर्माणको विषयमा आफूलाई जिम्मा दिएको भए पनि काम गर्ने बेलामा वडा अध्यक्ष र सचिवले जानकारी नै नदिइ गर्ने गरेको बताइन् ।

डा सदस्यहरुलाई महिनाको १ पटक बोलाएर ३ वटा बैठकको निर्णयमा हस्ताक्षर गर्न लगाइएको कटहरी गाउँपालिकाका वडा सदस्य शंकर महतोको भनाइ छ ।

सरकारले जनप्रतिनिधिलाई तलब सुविधा दिने निर्णय कि खारेज गर्नुपर्ने, दिने भए सदस्यहरुलाई पनि दिइनुपर्ने उनिहरुको माग छ ।

वडा सदस्यहरुलाई निष्क्रिय बनाएर वडा अध्यक्ष र सचिवले मनोमानी गरिरहेको आरोप ग्रामथान गाउँपालिका मोरङका वडा सदस्य दिलबहादुर तामाङको छ ।

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले वडा सदस्यहरुलाई आन्दोलनमा नजान आग्रह गरे । उनले कानून निर्माणका क्रममा वडा सदस्यहरुको गुनासोलाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्