
नेपाल राष्ट्रिय आयोगले सोमबार काठमाडौं गरेको कार्यक्रममा विज्ञहरुले संघीय संरचनामा प्रेस काउन्सिल, राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासघंको संरचनामा सुधार गरेर लैजान सुझाव दिएका हुन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले ‘संघीय संरचनामा सन्चार’ कार्यपत्र प्रस्तुत् गरेका थिए ।
उनले संघीय संरचनामा प्रेस काउन्सिलको भूमिकालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए ।
प्रदेशमा कस्तो सूचना आयोग बनाउने र अधिकार क्षेत्रको निर्धारण कसरी गर्नेबारेमा छलफल गर्नुपर्ने डा. विष्टको भनाइ थियो ।
डा. विष्टको कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार महासघंका पूर्वअध्यक्ष धर्मेन्द्र झाले संघीय संरचनामा सन्चार उद्योगलाई कसरी चलाउने, विज्ञापन नीति कस्तो हुने भन्नेबारेको बहस पनि आवश्यक रहेको बताए ।
कार्यक्रमा शिरीष भण्डारीले संघीय संरचनामा मिडियाले सीमान्तकृत समुदायको समाचारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्