
पक्राउ पर्नेमा रामेछापका देवराज तामाङ, बूढानीलकन्ठका सुकवीर तामाङ, राजेश शाही, आकाश नगरकोटी र विक्रम शाही रहेका छन् ।
उनीहरुलाई परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको थियो ।
प्रहरीले सुन्धारामा चेकजाँच गर्दा चालकसँग मोटरसाइकलको सम्बन्धित कागजात नभएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चोर्ने समूह रहेको पत्ता लगाएको हो ।
उनीहरुले ती मोटरसाइकल ठमेल क्षेत्रबाट चोरी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
उनीहरुको साथबाट प्रहरीले बा३८प ४४९२, बा५३प ५९१४, बा४७प ४६६१ र बा४५प ८५३५ नम्बरका मोटरसाइकल र बा४७प ४६६९ नम्बरको स्कुटर बरामद गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्