२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


यहाँ बन्दैछ ‘हाइटेक’ जेल, सुरक्षाकर्मीले बोक्नु पर्दैन हतियार, कैदीलाई जेल बाहिर रोजगारीको सुविधा !


0
Shares

ग्रीनल्याण्डको राजधानी नुकमा बन्दै गरेको जेलमा सन् २०१९ बाट कैदी राख्न सुरु गरिने छ । तीन तहको सुरक्षा प्रवन्ध भएको यो जेलमा तैनाथ सुरक्षाकर्मीले हतियार बोक्ने छैनन् ।

युरोपीय–एटलान्टिक क्षेत्रमा रहेको ग्रीनल्याण्डको यो जेललाई विश्वकै आधुनिक र ‘हाइटेक’ मानिएको छ । ८६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण भइरहेको जेल भवनमा ७६ सेल बनाइएको छ । तीमध्ये ४० वटा सेल बन्द र ३६ वटा खुला हुनेछन् । बन्द सेलमा खतरनाक अपराधमा संलग्न भएकाहरुलाई राखिनेछ ।

जेलमा कैदीलाई सुधार्नका लागि विभिन्न प्रयास गरिने जनाइएको छ । यहाँसम्म कि, केही कैदीलाई दिनभर सहरबजारमा गएर काम गर्न समेत छुट दिइने छ । त्यस्ता कैदीले दिनभर बाहिर गएर रोजगारी गर्ने छुट पाए पनि बेलुका जेल मै फर्कनु पर्ने छ ।

जेलमा विद्यालय, पुस्तकालय, स्पोर्ट कम्प्लेक्सलगायतका सुविधा पनि हुने छ । जेलको वरिपरि सिसाको पर्खाल हुनेछ, जहाँबाट कैदीले बाहिरि दुनियाँलाई नियाँल्न पाउनेछन् । (एजेन्सी)