तीन वर्षभित्र नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्छ : मन्त्री खनाल • Image Khabar Image Khabar


तीन वर्षभित्र नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्छ : मन्त्री खनाल


Imagekhabar
६ चैत्र २०७४, मंगलवार १३:३९

तीन वर्षभित्र नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्छ : मन्त्री खनाल

मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री खनालले नेपाललाई पाँच वर्षभित्र अग्र्यानिक कृषि उत्दानको निर्यातकर्ता देश बनाउने बताए ।

कृषि क्षेत्रको उत्पादकत्व बढाएर भारतबाट हुने आयातलाई प्रतिस्थापन गरिने उनको भनाइ थियो ।

मन्त्री खनालले कृषिजन्य वस्तुमा जथाभावी प्रयोग हुने गरेको विषादी रोक्नका लागि मन्त्रालयले नयाँ योजना ल्याउने बताए ।

यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै उनले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खनालले भूमि व्यवस्थापनका लागि पनि आफूले तत्काल नयाँ काम थाल्ने बताए । जथाभावी खन्डीकरण र कित्ताकाट रोक्ने विषयमा पनि सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्