Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


सिरहाबाट ११ क्विन्टलभन्दा बढी गाँजा बरामद


0
Shares

सिरहा । सिरहाबाट ११ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलले सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकनजिकै गागन खोलाको पुलबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको सुरक्षा टोलीले करिब साढे १२ बजे एउटा बोलेरो र मोटरसाइकलको पिछा गरेको थियो । प्रहरीको टोली देखेपछि दुवै सवारीसाधन पुलमै छाडेर चालकसहित अन्य व्यक्ति फरार भएका थिए ।

खानतलासी गर्दा बोलेरोमा २६ वटा बोरामा राखिएको ११ क्विन्टल २ किलो ६ सय ५५ ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाँजा र दुवै सवारीसाधन नियन्त्रणमा लिएर फरार व्यक्तिको खोजी भइरहेको छ । आवश्यक कानुनी कारबाहीका लागि गाँजासहित सवारीसाधन सम्बन्धित निकायलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।