२ असार २०८२, सोमबार | Mon Jun 16 2025


कक्षा १ मै ‘फेल’ गराउने पद्धति !


0
Shares

जाँच लिएरमात्र भर्ना गर्ने नियम बनाएका कतिपय स्कुल रोज्ने अभिभावकहरु थुप्रै दिनदेखि नानीहरुलाई प्रवेश परीक्षा तयारी गराइरहेका छन् ।

तर, आफूले चाहेको विद्यालयमा सन्तानले प्रवेश पाउनेमा उनीहरु विश्वस्त छैनन् । र, भर्ना कै लागि ‘सोर्सफोर्स’को सहारा खोज्दैछन् ।

अधिकांश विद्यालयले कक्षा १ मै पनि भर्नाका लागि प्रवेश परीक्षा लिने गरेका छन्। गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक सुरुवाती कक्षामै छोराछोरीका निम्ति भौतारिन बाध्य छन् ।

खुला बजारमा विद्यालय छनोट गर्ने अधिकार भएपनि प्रतिस्पर्धाका नाममा नाबालकले ‘फेल’ हुनुपर्ने परिस्थिति नकारात्मक हुने अभिभावको ठम्याइ छ ।

‘अधिकांश निजी विद्यालयको कक्षामा सीमित विद्यार्थी पढाउन भर्ना गर्ने हो र कक्षा १ मै प्रवेश परीक्षा दिलाएर फेल गराउने चलन बाल मनोविज्ञानका निम्ति हानिकारक छ,’ अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘अहिले चैत नलाग्दै केही विद्यालयले त्यही नियति दोहोर्‍याउँदै छन् । प्रवेश परीक्षा नीति बन्द हुनुपर्छ ।’ –कान्तिपुर दैनिकबाट