
जुम्ला, चैत ८ । नेपाली सेनाको भगवती दल गण जुम्लाले तातोपानी गाउँपालिकामा विद्यालय भवन निर्माणमा सहयोग गरेको छ ।
सेनाको टोलीले गणेश आधारभूत प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माणमा सहयोग गरेको हो ।
विद्यालयको आवश्यकता दृष्टिगत गर्दै भवन निर्माणमा सहयोग गरेको भगवती दल गणले जनाएको छ ।
विद्यालयको भवन निर्माणका लागि नेपाली सेनाले २ लाख ५० हजार रुपैयाँ र जनशक्ति श्रमदान गरेको छ ।
भूकम्प प्रतिरोधी दुई कोठे भवन निर्माणको लागत ९ लाख रुपैयाँ रहेको तातोपानी गाउँपालिकाले जनाएको छ ।
कक्षा ५ सम्म अध्ययन अध्यापन भइरहेको यो विद्यालयमा भौतिक संरचना अभाव भएकाले नेपाली सेना र वडा तथा गाउँपालिकाको सहयोगमा दुई कोठे भवन निर्माण भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्