२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–५ लाई मुलुककै उत्कृष्ट र आत्मनिर्भर प्रदेश बनाउन लागिपरेका छौं : मुख्यमन्त्री पोखरेल


0
Shares

पर्यटन प्रवद्र्धनका लागि बबई गाउँपालिकाले आइतबार पश्चिम दाङको पुरन्धारा झरनामा आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश–५ लाई मुलुककै उत्कृष्ट र आत्मनिर्भर प्रदेश बनाउन लागिपरेको बताए ।

त्यसका लागि यहाँको पर्यटनको विकास गर्ने लक्ष्य रहेको उनले सुनाए ।

प्रदेश–५ लाई मुलुकको पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने तयारीमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशस्तरीय पर्यटनमार्ग बनाउने तयारीमा रहेको जानकारी दिए ।

‘लुम्बिनीमा आएका पर्यटकहरुलाई प्रदेशभर घुमाउन पर्यटनमार्ग बनाउने तयारीमा छौं । लुम्बिनी, प्यूठानको स्वर्गद्वारी, रोल्पाको जलजला क्षेत्र, रुकुम, दाङ हुँदै बाँके र बर्दियासम्मको पर्यटनमार्ग बनाइनेछ’–उनले भने–‘पर्यटन, कृषि, उद्योग सबै क्षेत्रको विकासद्वारा यो प्रदेशलाई आत्मनिर्भर बनाउने दिशामा हामी लागिपरेका छौं ।’

मुलुकलाई समृद्ध बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री पोखरेलले भने–‘मुलुकमा अब समृद्धि र विकासको यात्रा सुरु भएको छ । जनताले चाहेअनुसारको विकास गर्नका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ ।’

‘अधिकार स्थानीय सरकारमा आइसकेकाले अब व्यवस्थित योजनाका साथ स्थानीय तहहरु अगाडि बढ्नुपर्छ । स्थानीय तहको क्रियाशीलतामा नै अबको विकास र समृद्धि भरपर्ने हुँदा स्थानीय तहले आफ्नो क्रियाशीलता बढाउनुपर्छ’–उनले थपे ।