
फाइल फोटो
बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ।
असोज ११ गतेको पहिरोमा परी बेपत्ता तमानखोला गाउँपालिका–४ सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ ।
पहिरोमा परी निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा पाँच र ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
तमानखोला गाउँपालिकामा मृत्यु हुनेमा बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपाली रहेका छन्।









प्रतिक्रिया दिनुहोस्