
सार्वजनिक गरिएकाहरुमा भारतीय नागरिक रमजान मुसलमान, मञ्जुर मुसलमान, भैरहवाका नजाबुद्दिन मुसलमान र मोहन बनियाँ छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै घटनाबारे विस्तत् जानकारीसहित घटना सार्वजनिक गरेको हो ।
प्रहरीले घटना विवरण सार्वजनिक गरेसँगै व्यवसायी सेठियामाथि भएको गोली प्रहारको घटना अवैध कारोबार हुन्डीसँग जोडिएको रहस्य बाहिर आएको छ ।
एक भारतीय नागरिकले हुन्डी कारोबारबापतको ३५ लाख भारतीय रुपैयाँ व्यवसायी सेठियालाई दिनुपर्ने हुँदा उक्त रकम दिन नपरोस् भन्ने मनसायले भारतीय नागरिक सद्धाम भनिने मोहम्मद अफ्जलले सेठियालाई लक्षित गरी गोली प्रहार गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको रुपन्देहीका एसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
सेठियामाथि गत फागुन १ गते र २८ गते गरी दुईपटक गोली प्रहार भएको थियो ।
फागुन १ गतेको घटनामा सेठियाका ‘पार्टनर’ भैरहवाका आलु व्यापारी मोहन बनियाँले चलाएको मोटरसाइकलमा पछाडि बसेका सेठियामाथि ‘सुटर’ले गोली प्रहार गरी फरार भएका थिए । उनको शरीरमा गोलीको छर्रा भेटिएको थियो ।
त्यसपछि गत फागुन २८ गते सेठियामाथि पुनः दोस्रोपटक गोली प्रहार भएको थियो । उनलाई गोली भने लागेन ।
घटनालगत्तै भाग्नेक्रममा मोटरसाइकलबाट लडेपछि स्थानीयको सहयोगमा प्रहरीले भारत, महाराजगन्ज, नौतनवाका रमजान मुसलमान र मन्जुर मुसलमानलाई नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न अरु दुईजना भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्