गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप • Image Khabar Image Khabar


गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप


Imagekhabar
१३ चैत्र २०७४, मंगलवार ०७:२२

गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थप गरी अनुसन्धान सुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

‘थप अनुसन्धान भएपछिमात्र यस सम्बन्धमा आधिकारिक प्रमाण आउँछ’–उनले भने ।

हातहतियार तथा खरखजना ऐनअन्तर्गत् ६ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

लामामाथि वि.सं. २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौं परिसरमा मुद्दा दायर भएपनि उनलाई यही माघमा अदालतले सफाइ दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्