चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजना समातिए • Image Khabar Image Khabar


चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजना समातिए


Imagekhabar
१३ चैत्र २०७४, मंगलवार ०७:२५

चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजना समातिए

महाशाखाको टोलीले काठमाडौं फिल्म प्रालिमार्फत् कलाकार बनाइदिने भन्दै ठगी गर्ने भारतका विजय ठाकुर र करिष्मा बोहरालाई आइतबार लाजिम्पाटबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

ठाकुर र बोहराले १० जना व्यक्तिसँग रु २५ हजारका दरले रु दुई लाख ५० हजार ठगी गरेको आरोप छ ।

उनीहरुले विभिन्न व्यक्तिसँग रु १० लाख २५ हजार ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई मुलुकी ऐन ठगी महलअनुसार कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद र विगोबमोजिम जरिवाना हुने व्यवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस्