२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भन्सार छली ल्याइएको ३० बोरा सामग्री बरामद


0
Shares

धनगढीबासीको अगुवाइमा सोमबार राति लाखौं मूल्य बराबरको ३० बोरा अवैध सामग्री बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–२ को तिल्केताल सुधार समितिको अगुवाइमा ‘तस्कर’हरुको घरघरमा छापा पारी सो सामग्री बरामद गरिएको हो ।

स्थानीयको सक्रियतापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले पनि साथ दिएका थिए ।

भन्सार छली ल्याइएको लत्ताकपडा, चिनीलगायतका सामाग्री बरामद गरिएको हो ।

बरामद गरिएका सामान मुचुल्का गरेर भन्सार कार्यालयमा बुझाएको त्रिनगर प्रहरीचौकीका इन्चार्ज जीवन गुरुङले जानकारी दिए ।