२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रहरीलाई नगद पुरस्कार घोषणा


0
Shares

परिसर प्रमुख विश्वराज पोखरेलले मंगलबार परिसरमा आयोजित एक कार्यक्रममा प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई पुरस्कृत गर्ने जानकारी दिए ।

प्रत्येक महिनामा ६ जना प्रहरीलाई पुरस्कृत गरिने उनले बताए । पुरस्कार रकमका लागि नेपाल बंगलादेश बैंकले सहयोग गरेको छ ।

बैंकका कार्यकारी अधिकृत नागेन्द्रप्रसाद ढुंगाना र काठमाडौं प्रहरी परिसर प्रमुख पोखरेलबीच मंगलबारै सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

त्यसअवसरमा कार्यकारी अधिकृत ढुंगानाले परिसर प्रमुख पोखरेललाई १८ लाख ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

प्रत्येक महिना दिइने पुरस्कार राशिमध्ये प्रहरी जवानलाई १० हजार, प्रहरी हवल्दारलाई १५, प्रहरी सहायक निरीक्षकलाई २० र प्रहरी नायव निरीक्षकलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यसैगरी, प्रहरी निरीक्षकलाई ३५ र प्रहरी नायव उपरीक्षकलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने परिसर प्रमुख पोखरेलले जानकारी दिए ।

यस्तो किसिमको पुरस्कार पहिलो भएको र सबैभन्दा ठूलो धनराशिको भएको पनि पोखरेलले बताए ।

नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत ढुंगानले पुरस्कार राशिले प्रहरी कर्मचारीको मनोबल उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।