जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पतालको बीचमा सकेट बम फेला • Image Khabar Image Khabar


जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पतालको बीचमा सकेट बम फेला


Imagekhabar
१४ चैत्र २०७४, बुधबार ०९:४४

जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पतालको बीचमा सकेट बम फेला

जिल्ला प्रहरी कार्यालय परिसर र जिल्ला अस्पताल परिसरको बीचमा रहेको रहेको गहुँबारीमा प्रहरीले सकेट बम फेला पारेको हो । गहुँबारीमा शंकास्पद वस्तु देखेपछि प्रहरीले सेनाको टोलीलाई खबर गरेको छ ।

सेनाले डिस्पोजल टिमले सकेट बम नष्ट गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

सेनाको टोलीले उक्त वस्तु पुरानो सकेट बम भएको जनाएको छ । प्रमुख सेनानी देवबहादुर क्षेत्रीले सेनाको टोलीले सो सकेट बम निस्कृय पार्न लागेको जानकारी दिए ।

खिया लागेको उक्त सकेट बम विगत द्वन्द्वको समयमा फालिएको वा कुकुरले कतैबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्