भेनेजुएलाको जेलमा झडप, ६८ जनाको मृत्यु • Image Khabar Image Khabar


भेनेजुएलाको जेलमा झडप, ६८ जनाको मृत्यु


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार १२:१३

भेनेजुएलाको जेलमा झडप, ६८ जनाको मृत्यु

                                     कैदीका परिवारजन जेल बाहिर प्रदर्शन गर्दै

समाचार एजेन्सीहरुका अनुसार भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको थियो । झडपकै क्रममा केही कैदी भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहारसमेत गरेको बताइएको छ । सुरक्षाकर्मीको गोली प्रहारबाट कति र झडपबाट कतिको मृत्यु भयो भन्ने प्रष्ट भएको छैन । मृतक सबै कैदी हुन् या सुरक्षाकर्मी पनि छन् भन्नेसमेत प्रष्ट हुन सकेको छैन ।

अधिकारीहरुका अनुसार घटनाको छानविन सुरु गरिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार ६० कैदीबन्दीको क्षमता भएको सो जेलमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको थियो । जेलमा झडप भएको खबर प्रकाशमा आउनासाथ जेल बाहिर कैदीका आफन्तहरु जम्मा भएका थिए । प्रहरीले उनीहरुलाई हटाउनसमेत बल प्रयोग गरेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्