दक्षिण कोरियाका राष्ट्रपति मून र उत्तरका शासक किमबीच अप्रिल २७ मा वार्ता हुने • Image Khabar Image Khabar


दक्षिण कोरियाका राष्ट्रपति मून र उत्तरका शासक किमबीच अप्रिल २७ मा वार्ता हुने


Imagekhabar
१५ चैत्र २०७४, बिहीबार १७:४९

दक्षिण कोरियाका राष्ट्रपति मून र उत्तरका शासक किमबीच अप्रिल २७ मा वार्ता हुने

एक दशकभन्दा बढी समयपछि दुई कोरियाका नेतृत्वबीच पहिलोपटक शिखर भेटवार्ता हुन लागेको हो ।

दुई कोरियाले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा दुई नेताबीच सीमास्थित गाउँ पानमान्जोममा वार्ता हुने उल्लेख छ ।

उत्तर कोरियाका नेता किम चीन भ्रमणबाट फर्केपछि भेटवार्ताको तिथि तय भएको हो ।

चीन भ्रमणकाक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्तामा किमले कोरियाली प्रायद्वीपमा परमाणु निःसशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि निकट भविष्य वार्ता हुने जनाइएको छ ।

दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिकस् प्रतियोगितामा उत्तरले आफ्ना शीर्ष नेतृत्वलाई सहभागी गराएयता कोरियाली प्रायद्वीपमा शान्तिका सम्भावनाहरु बढ्दै गएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्