भरतपुर विमानस्थलमा वैशाख १ देखि नयाँ सुरक्षा योजना लागू हुने • Image Khabar Image Khabar


भरतपुर विमानस्थलमा वैशाख १ देखि नयाँ सुरक्षा योजना लागू हुने


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार ०८:४५

भरतपुर विमानस्थलमा वैशाख १ देखि नयाँ सुरक्षा योजना लागू हुने

विमानस्थलका प्रमुख पवनकुमार गौतमले आगामी वैशाख १ गतेबाट लागू हुनेगरी नयाँ सुरक्षा योजना ल्याइने बताए ।

राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद आउँदा असम्बन्धित व्यक्ति विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गरेकाले सुरक्षा चुनौती बढेको गौतमको भनाइ छ । भीभीआईपी र भीआईपी आउँदा उनीहरुको स्वागतमा विमानस्थल टर्मिनलभित्र लाग्ने भीड नियन्त्रण गर्न अब निश्चित संख्या तोकिने छ ।

कार्यालयले स्तनपान कक्ष र वृद्धवृद्धाका लागि विशेष कक्षको व्यवस्था गर्न लागेको छ ।

विमानस्थलमा जहाज अवतरण गर्ने हाकिमचोक क्षेत्र आसपासका अग्ला भवन र विमानस्थल सीमानजिक रहेको बिजुलीको तारले अप्ठ्यारो परिरहेको प्रमुख गौतमको भनाइ छ । यस विषयमा जानकारी गराउँदा पनि महानगर र विद्युत् प्राधिकरणले ध्यान नदिएको गुनासो उनको छ ।

प्रतिक्रिया दिनुहोस्