बालिका बलात्कार गरी दश वर्षदेखि फरार अभियुक्त पक्राउ • Image Khabar Image Khabar


बालिका बलात्कार गरी दश वर्षदेखि फरार अभियुक्त पक्राउ


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार १३:४३

बालिका बलात्कार गरी दश वर्षदेखि फरार अभियुक्त पक्राउ

म्याङलुङ्ग नगरपालिका–१ का २९ वर्षीय गोपाल भण्डारीलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले विराटनगरबाट पक्राउ गरेको हो ।

भण्डारी लुकिछिपी विराटनगरमा बस्दै आएको भन्ने सुराकीका आधारमा खोजतलासमा जुटेको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन भुजेलले बताए ।

बालिका बलात्कारको आरोपमा भण्डारीलाई जिल्ला अदालत तेह्रथुमले १२ वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्