२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट’ सेवा


0
Shares

टेलिकमद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो सेवाको शुभारम्भ गरे ।

क्रेडिट सेवामार्फत् ग्राहकहरुले मोबाइलमा ‘कल’ गर्दागर्दै ब्यालेन्स सकिएमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको सापटी लिन सक्नेछन् । जसबाट कललाई निरन्तरता दिन सकिनेछ ।

सापटी लिएको रकम पछि गरिने रिचार्ज रकमबाट काटिने टेलिकमले जनाएको छ । यसरी सापटी लिएको रकममा ब्याज वा अरु कुनै कर नलाग्ने पनि जनाइएको छ ।

सापटी लिएको रकम प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिनेछ ।

तर, नेटवर्कमा सीम ‘एक्टिभ’ भएको कम्तीमा तीन महिना पुगेकालेमात्रै यो सेवा पाउनसक्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

सेवा स्वतः ‘एक्टिभेट’ हुने जनाउँदै टेलिकमले आफूले पाउने रकमको जानकारीका लागि ‘स्टाटस’ लेखेर १४७७ मा पठाउनुपर्ने जनाएको छ ।

यस्तै, सेवा लिन नचाहने ग्राहकहरुको हकमा ‘स्टप’ लेखेर १४७७ मा एसएमएस गर्नसक्ने टेलिकमले जनाएको छ ।