३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


एक जना यात्रुले दुब्र्यवहार गर्दा दुबईबाट काठमाडौं आएको विमान दिल्लीतर्फ !


0
Shares

काठमाडौं, चैत १७ । नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार विहान दुबईबाट काठमाडौंका लागि उड्यो ।

चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुईघण्टापछि अकास्मात गन्तब्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा अवतरण गर्नुपर्यो ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्‍यो ? सबैको अनुमान प्राविधिक समस्या भएर होला ।

तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ बर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुब्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गर्नुपरेको थियो ।

बरिष्ट क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्यले उडाएर ल्याएको ‘९ एन-एकेडब्लु’ कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार विहान ४ बजे काठमाडौंका लागि उडेको थियो ।

‘जब जहाज पाकिस्तान र भारतमाथिको सीमामाथि आइपुग्यो, तब रतेलले अरुलाई दुब्र्यवहार गर्न सुरु गरे, सम्बद्ध स्रोतले भन्यो ‘नौं नम्बर सिटमा रहेका उनलाई दिईएको खाना अन्य यात्रुलाई खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई समेत हातपात गरे । त्यतिले नपुगेर जहाजकी एक एयरहोस्टेजलाई घचेटेर झन्डै पछारिदिएका थिए ।’ –नागरिक दैनिकबाट