इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते • Image Khabar Image Khabar


इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते


Imagekhabar
१८ चैत्र २०७४, आईतवार १९:४६

इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।

‘भूकम्पमा परी २३ जना घाइते भएका र यो तथ्याङ्क प्रारम्भिक भएकाले घाइतेको सङ्ख्यामा थपवृद्धि हुनसक्ने अनुमान गरिएको छ,’ वरिष्ठ चिकित्सक मजियार तहमासेवीले भने ।

दिउसो १ बजेर ३५ मिनेटको समयमा गएको भूकम्पको केन्द्रविन्दु सारपोल जहाव शहरमा रहेको इरानले जनाएको छ ।

भूकम्प ३४.४२१ डिग्री उत्तरी अक्षांश र ४५.८०७ डिग्री पूर्वी देशान्तरमा ८ किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।

गत नोभेम्बरमा इरानमा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा ५३० जनाको मृत्यु भएको थियो भने आठ हजार व्यक्ति घाइते भएका थिए । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्