
काठमाडौं, असार १३ । विश्वकप फुटबलमा क्रोएसियाको शानदार लय जारी छ ।
गएराति भएको खेलमा आईसल्याण्डलाई २-१ ले हराउँदै क्रोएसियाले समूह विजेता बन्दै नकआउट चरणमा ठाउँ पक्का गर्यो ।
खेलको ५३ औं मिनेटमा मिलान बादेईले गोल गर्दै क्रोएसियालाई अग्रता दिए ।
७६ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा जिल्फी सिगुर्डसनले गोल गर्दै आईसल्याण्डलाई खेलमा फर्काए ।
निर्धारित समयको अन्तिम मिनेटमा ईभाँ पेरिसिचले गोल गर्दै क्रोएसियालाई विजयी गराएका हुन् ।
जितसँगै क्रोएसियाले समूहका सबै तीन खेल जित्दै ९ अंक जोडेको छ । ४ अंक जोडेको अर्जेन्टिना समूहमा दोस्रो भयो ।
क्रोएसियाले अब राउण्ड अफ सिक्सटिनमा युरोपेली प्रतिद्वन्द्वी डेनमार्कको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार आइतबार राती पौने १२ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्