२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तस्करीको लाइन खुलाउन प्रहरीलाई घुस दिने भारतीय पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीलाई आर्थिक प्रलोभनमा पारी तस्करीका लागि प्रयास गर्ने भारतको बिहार राज्यस्थित अररिया जिल्लाका ४९ वर्षीय विद्यानन्द साहलाई नगदसहित पक्राउ गरेको हो ।

साहले कपडा तस्करीको लाइन मिलाइदिन भन्दै सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद चिमौरियालाई २५ हजार नगद दिने प्रस्ताव गरेका थिए । त्यसलगत्तै प्रहरीले साहलाई पक्राउ गरी कानूनी कारवाही अघि बढाएको छ ।

डिएसपी चिमौरियाले प्रहरीलाई आर्थिक प्रलोभन देखाएर तस्करी गर्न खोजेको अभियोगमा साहलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही सुरु गरिएको बताए ।

प्रहरीले साहको साथबाट एक थान मोबाइल सेट र नगद २५ हजार रुपैयाँ बरामद गरेको छ ।