भारतबाट अवैधरुपमा ल्याइएको कुखुराको ८ टन मासु चितवनमा बरामद • Image Khabar Image Khabar


भारतबाट अवैधरुपमा ल्याइएको कुखुराको ८ टन मासु चितवनमा बरामद


Imagekhabar
१९ चैत्र २०७४, सोमबार १४:१६

भारतबाट अवैधरुपमा ल्याइएको कुखुराको ८ टन मासु चितवनमा बरामद

आइतबार राति बरामद भएको मासु र ट्रकलाई सोमबार चितवन प्रहरीको जिम्मा लगाइएको छ ।

भैरहवा भन्सारबाट भारतीय नम्बर प्लेटको युपी७०बीटी १७७६ नम्बरको ट्रकमा लोड गरिएको बोनलेस मासु बरामद गरेर चितवन प्रहरीलाई बुझाइएको हो ।

भन्सारको कागजमा माछा, केराउ, मकै, आलु र आलु चिप्स उल्लेख भएपनि ट्रकभित्र हेर्दा मकै र चिप्सको बीचमा बोनलेस कुखुराको मासु भेटिएको वाइसीएल चितवनका नेता साजन अधिकारीले जानकारी दिए ।

वाइसीएल टोलीले नवलपरासीको दुम्कीबासबाट पिछा गर्दै चितवनको रामनगर, पानीट्यांकीमा आएर ट्रकसहित मासु नियन्त्रणमा लिएको थियो ।

सो टोलीमा वाइसीएल इन्चार्ज मधु न्यौपाने, कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेललगायत वाइसीएलका सदस्यहरु थिए ।

प्रतिक्रिया दिनुहोस्