२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्रकको पछाडि बस ठोक्किँदा १९ जना घाइते


0
Shares

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ग१ख ५०६४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना५ख १०१२ नम्बरको ट्रकको पछाडि ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस तीव्रगतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसका चालक समेत घाइते भएको र ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । (रासस)