
प्रहरी परिसर काठमाडौंले सरोकारवाला निकायका अधिकारीहरुसँग अन्तरक्रिया गरी सुझाव संकलन गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, काठमाडौं जिल्ला अदालतका न्यायाधीश, सह–महान्यायाधिवक्तालगायतले जबरजस्ती करणीसम्बन्धी अपराध अनुसन्धानमा प्रहरी र सरकारी निकायले खेल्नुपर्ने भूमिकालगायतका विषयमा सुझाव दिएका थिए ।
उनीहरुले अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रहरीले आर्थिक वर्ष २०७१/७२ देखि जबरजस्ती करणका घटना बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न सरोकारवाला निकायको साथ सहयोग आवश्यक रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्