
गैंडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीका ३० बर्षीय ती पुरुषले आफ्नै नाबालिका छोरी बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको बेला उनले ८ महिनाकी दुधे बालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटना सोमबार भएको र बलात्कार गर्ने पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरि बुधबार मुद्दा दर्ता गरेको जनाइएको छ । पीडित बालिकाकी आमाको जाहेरीको आधारमा प्रहरीले बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जिसीले जानकारी दिए ।
ती पुरुष लागुऔषध दुर्व्यवसनीमा फसेको जनाइएको छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र चितवनको एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्