१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने थुनामा


0
Shares

विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा ६ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड–५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर नगरपालिका–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, बिर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । तामाङ राष्ट्रिय वाणिज्य बैंक बिर्तामोडका नगद सहायक (खजान्ची) हुन् ।

यता, पक्राउ परेकामध्ये बिर्तामोड–५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेनपा–१२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेनपा–१० निवासी ३३ वर्षीय प्रवेश अधिकारी भने धरौटीमा छुटेका छन् ।

श्रेष्ठसँग रु तीन लाख ९८ हजार, प्रधान र अधिकारीसँग रु ७०/७० हजार धरौटी माग भएकोमा उनीहरुले सो रकम बुझाएर छुटेका छन् । रासस