२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


श्रीनिवासमाथि गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा दुईजना पक्राउ (भिडियो)


0
Shares

मोरङ, विराटनगर–१४, जतुवा क्षेत्रबाट स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले घटनास्थल क्षेत्रबाट अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

विराटनगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ ।

आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला उनलाई गोली हानिएको थियो ।

दायाँ छातीमुनि गोली लागेका आचार्य श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिए ।

जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद्भागवत सप्ताहको तयारी भइरहेका बेला उनलाई गोली हानिएको हो । उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

घटनास्थलमा मंगोल नेसनल अर्गनाइजेसनको पर्चा भेटिएको छ ।

भिडियो हेर्नुहोस्