२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पाँच वर्षीया बालिका बलात्कृत, मादक पादर्थ सेवन गरी १४ वर्षीय बालकले बलात्कार !


0
Shares

                                               प्रतीकात्मक तस्वीर

बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । यसअघि गत चैत १४ गते शहीदनगर नगरपालिका–८ विषरभोराकी १४ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । (रासस)