महेन्द्रनगर डीपीएलको क्वालिफायरमा • Image Khabar Image Khabar


महेन्द्रनगर डीपीएलको क्वालिफायरमा


Imagekhabar
२७ चैत्र २०७४, मंगलवार १७:४०

महेन्द्रनगर डीपीएलको क्वालिफायरमा

मंगलबार भएको दोस्रो खेलमा सीवाइसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर फाइनलनजिक पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित् २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

महेन्द्रनगरका लागि आरिफ शेखले ३५, पुनित मेहराले २६, करन केसीले २४ तथा रोहित पौडेल ११ रनको योगदान गरे ।

बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले २ विकेट लिए ।

जवाफमा अत्तरियाले २० ओभरमा ४ विकेट गुमाउँदै ११५ रनमात्रै बनाउने सक्यो ।

अत्तरियाका कप्तान सुवास खकुरेलले ३०, विपीन चन्द्राले २८, दीपेन्द्रसिंह एैरीले २७ तथा गौरभ चितकाराले १४ रन जोडे ।

बलिङतर्फ ‘म्यान अफ दी म्याच’ घोषित महेन्द्रनगरका रोबिन क्षत्रीले २ तथा भुवन कार्कीले एक विकेट लिए ।

अब फाइनल प्रवेशका लागि महेन्द्रनगर युनाइटेडले दोस्रो क्वालिफायर खेलमा बुधबार काठमाडौं गोल्डेन्ससँग खेल्नेछ । हारसँगै अत्तरिया प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्