१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौं महानगरपालिकाले सम्पदाहरुको संरक्षणका लागि राष्ट्रिय अभियान सञ्चालन गर्दै


0
Shares

महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरि वैशाख ८ गते सम्पदादेखि सम्पदासम्मको यात्रा गर्ने जनाएको छ । जसअन्तर्गत काठमाडौंको बसन्तपुरदेखि स्वयम्भूसम्मको यात्रा हुने भएको छ ।

पदयात्रामा सम्पदाप्रेमी, पर्यटनसँग सम्बद्व संघसंस्था र सर्वसाधारणको सहभागिता हुने महानगरले जनाएको छ ।

यसअघि वैशाख २ देखि ७ सम्म सरसफाइ अभियान, खेलकुद, आमसभा लगायतका जनचेतनामूलक कार्यक्रमहरु गरिने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले परम्परागत धरोहरहरुको संरक्षणका साथै विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले अभियान थालिएको जानकारी दिए ।