टोखाको बिस्केट जात्रा र सपनतीर्थ मेलामा सहभागी हुन आग्रह • Image Khabar Image Khabar


टोखाको बिस्केट जात्रा र सपनतीर्थ मेलामा सहभागी हुन आग्रह


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार १६:००

टोखाको बिस्केट जात्रा र सपनतीर्थ मेलामा सहभागी हुन आग्रह

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी टोखा बिस्केट जात्रा व्यवस्थापन समितिले जात्रामा सहभागी हुन आग्रह गरेको हो ।

टोखामा लिच्छविकालदेखि नै यो जात्रा मनाउने परम्परा रहेको समितिले जनाएको छ ।

हरेक वर्ष वैशाख १ देखि ४ गतेसम्म मनाइने जात्रामा सपनतीर्थ स्नान, पिगन्द्यो मु–जात्रा, सपनद्यो र चन्डेश्वरी जात्रा, खटजात्रा, लिंगो ढाल्नेजस्ता कार्यक्रम गरिनेछ ।

वैशाख ५ गते ढालिने लिंगो भने चैतेदसैंमा उठाउने गरिन्छ । सपनतीर्थ मेलामा स्नान गरेमा विभिन्न छालाका रोग निको हुने जनविश्वास रहेको छ ।

जात्रालाई भव्य र व्यवस्थित बनाइने पनि समितिले जनाएको छ ।

यो वर्षको बिस्केट जात्रा तथा सपनतीर्थ मेलामा करिब दुई लाख दर्शनार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्