२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश–१ सरकारले सार्वजनिक बिदा थप्यो


0
Shares

प्रदेश–१ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले थपेको बिदामा आदिवासी जनजाति दिवस र जनैपूर्णिमा रहेको छ ।

छठपर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरिएको छ । केन्द्र सरकारले भने छठ मनाउने जिल्लामामात्रै बिदा दिने निर्णय गरेको थियो ।

बैठकले गाउँसभा र नगरसभा सन्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण विधेयक पनि पारित गर्दै प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।