२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री ओलीद्वारा सिरहाका दुई बालबालिकालाई विद्यालय भर्ना


0
Shares

सिराहाको कल्याणपुर नगरपालिपाका–११ स्थित रामदुलारी माविमा सोही ठाउँका दिनेशकुमार र कौशिलादेवी मण्डल (खत्वे) की ५ वर्षीया छोरी रुपाकुमारी मण्डल (खत्वे) तथा भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ वर्षीय छोरा पवन मल्लिक (डोम)लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराएका हुन् ।

भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्री ओलीले पुस्तक र पोसाकसमेत वितरण गरेका थिए ।

विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए ।

उनले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

यसअघि, वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराएका थिए ।