२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बम बिस्फोटमा परी गम्भीर घाइते बालक पारस राईको उपचार सरकारले गर्ने


0
Shares

विराटनगर, बैशाख ६ । उदयपुरको गाईघाटमा भएको बम बिस्फोटमा परी गम्भीर घाइते भएका १४ वर्षिय बालक पारस राईको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

एक सातादेखि उनको विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा उपचार भइरहेको छ ।

गत चैत २८ गते त्रियुगा नगरपालिका–१३ स्थित हवाई फिल्डमा बेवारिसे बम बिस्फोट हुँदा उनी घाइते भएका थिए ।

उनको उपचारका लागेको सम्पूर्ण खर्च संघीय सरकारले बेहोर्ने भएको हो ।

घाइते बालकको अवस्था बुझ्न अस्पताल पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताए ।

सघन उपचार कक्षमा रहेका घाइते बालक पारशको उपचारमा आर्थिक समस्या भएको समाचार केही दिनअघि ईमेज च्यालनले प्रसारण गरेको थियो ।

कक्षा ६ मा अध्ययनरत उनको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ । बालकको उपचारमा अहिलेसम्म डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

सम्पूर्ण उपचार गर्न ५ लाख रुपैयाँभन्दा बढी लाग्ने अस्पताल प्रशासनले जनाएको छ । उनका बाबु मणीकुमार उदयपुरको गाईघाटस्थित सुकुम्बासी बस्ती बस्दै आएका छन् ।