११ घन्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो • Image Khabar Image Khabar


११ घन्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो


Imagekhabar
१२ असार २०७५, मंगलवार ०६:३७

११ घन्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन, असार १२ । नारायणगढ–मुग्लिन सडकखन्डको नाम्चीखोलामा मंगलबार बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुला गरिएको छ ।

बिहान ५ः२० बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएर दिउँसो ३ः५० बजेदेखि दुईतर्फी सडक खुला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

ठूलो पहिरो खसेको र सुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो ।

पहिरो पन्छाउन बिहान ८ः३० बजेबाट दुईओटा एक्साभेटर र एउटा लोडर प्रयोग गरिएको थियो ।

मुग्लिनबाट ३.४ किलोमिटर नारायणगढतर्फ नाम्चीखोला पर्दछ ।

सो ठाउँमा गतवर्ष तत्कालीन संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा संसदीय टोलीले निरीक्षण गरेकै दिन पनि पहिरो खसेको थियो । त्यसपश्चात् पुनः मंगलबार बिहान पहिरो खसेको हो ।

दुई दिनदेखि सो सडकखन्डका ठाउँठाउँमा साना–तिना पहिरो खस्दा सडक अवरुद्ध हुने र खुल्ने हुँदै आएको थियो । बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रीहरुले हैरानी व्यहोरेका छन् ।

गन्तव्यका लागि हिँडेका यात्रीको बिचल्ली भएको पहिरोकै कारणबीच सडकमा रोकिएका नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बताए ।

बिहान समयमा पहिरो नपन्छाएका कारण यात्रीले लामो समय दुःख पाएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्