क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित • Image Khabar Image Khabar


क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित


Imagekhabar
६ बैशाख २०७५, बिहीबार १९:३८

क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित

बिहीबार काठमाडौंमा भएको निर्वाचित क्यानको विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले प्रदान गरेको सल्लाहकार समितिले बनाएको प्रस्तावित विधान मस्यौदालाई हुबहु पारित गरेको हो ।

सो विधान पारित भएपछि आइसीसीको आगामी जुलाईमा हुने वार्षिक साधारणसभाले क्यानमाथि लागेको निलम्बन खुलाउनसक्ने सम्भावना बढेको छ ।

क्यानको साधारणसभामा ३९ जिल्ला र क्यानका निर्वाचित १५ पदाधिकारीसँगै आइसीसीका प्रतिनिधि सहभागी थिए ।

गत भदौमा क्यानको पछिल्लो विशेष साधारणसभाले सल्लाहकार समितिको प्रस्तावित विधान संशोधन गरेपछि आइसीसीले त्यसलाई राजनीतिक हस्तक्षेप भन्दै अस्वीकार गरेको थियो ।

योपटकको साधारणसभाले विधान हुबहु पारित नगरेको भए नेपालको निलम्बन फुकुवा हुनुभन्दा पनि सदस्यता नै खारेज हुने सम्भावना थियो ।

दुई वर्षदेखि क्यानलाई निलम्बन गरी आइसीसीले नेपाली क्रिकेट टिमलाई आफैंले अन्तर्राष्ट्रिय स्पर्धामा प्रतिस्पर्धा गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्