Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


भारतीय नागरिकको साथमा नेपाली लाइसेन्स !


0
Shares

रविन भट्टराई (इमेज)

बिर्तामोड, असार १२ । भारतीय नागरिकले नेपालमा नक्कली सवारीचालक अनुमतिपत्र बनाएर हिँड्ने गरेको खुलासा भएको छ ।

मोटरसाइकल चोरीको घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका भारतको पश्चिम बंगालको आलिपुर, जयगाउँ घर भएका ३१ वर्षीय आदित्य दियालीलाई अनुसन्धान गर्नेक्रममा यस्तो खुलासा भएको हो ।

दियालीमाथि अनुसन्धान गर्नेक्रममा इलाका प्रहरी कार्यालय झापा, बिर्तामोडका अनुसन्धान अधिकारीले उनको साथबाट नेपाली लाइसेन्स फेलापारेका थिए ।

नेपाली लाइसेन्स भेटिएपछि शंका लागेर यातायात व्यवस्था कार्यालय कोसीमा लाइसेन्सबारे बुझ्दा भोजपुरको ज्यांग्रे–७ का किरणबहादुर कार्कीको नाममा जारी भएको लाइसेन्समा उनले आफ्नो फोटो टाँसेर प्रयोग गरेको खुलेको इलाका प्रहरी कार्यालय झापाका प्रमुख डीएसपी कृष्ण कोइरालाले बताए ।

कोइरालाकाअनुसार उनको साथबाट ०२–२२४७६ नेपाली र डब्लुबी १९२४४ बी ५०९ नम्बरको भारतबाट जारी भएको लाइसेन्स बरामद भएको छ ।

दियालीमाथि सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थपेर विस्तृत् अनुसन्धान भइरहेको जनाइएको छ ।